एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा.राणाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेकी छिन् ।
बुधबार परराष्ट्रमन्त्री डा.राणाले विज्ञप्ति जारी गरेर नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको खबरले निकै मर्माहित भएको बताएकी छिन् ।
दुर्घटनामा परेर निधन भएकाहरूप्रति मन्त्री डा.राणाले हार्दिक श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । उनले परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।
‘हवाई क्षेत्रको सुरक्षाका लागि सरकारले अवलम्वन गर्नुपर्ने सुरक्षा, व्यवस्थापन र नियमित परिक्षण तथा अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा पहल कदम गर्नेछु’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट अरुण मल्ल र ४ जना चिनियाँ नागरिक छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया