अख्तियारमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ : कांग्रेस सांसद प्रसाईं
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले अख्तियारमा राजनीतिक नियुक्ति बन्द गर्न माग गरेकी छिन् ।
सिंहदरबारमा मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद प्रसाईंले राजनीतिक नियुक्तिका कारण अख्तियारमाथिको जनविश्वास घटेको बताइन् ।
उनले भनिन्, ‘अख्तियारको प्रमुखमा राजनीतिक मान्छे नराखौँ । त्यसको छानबिनलाई जनताले भर गर्न छोडिसके ।’
सांसद प्रसाईंले भनिन्, ‘प्रधानमन्त्री ओलीज्यू तपाईं र हाम्रो सभापति शेरबहादुर देउवा अब धेरै लामो समय राजनीतिमा रहनुहुने छैन । त्यसकारण तपाईंहरूले देशलाई ट्रयाकमा हुलिदिनुस् ।’
उनले शीर्ष नेताले सक्रिय राजनीतिमा हुँदा स्वार्थ हेरे पनि अब देशलाई एउटा ट्रयाकमा अघि बढ्ने आधार तयार गर्नुपर्ने बताएकी छिन् ।
भष्ट्राचार निवारण ऐन २०५९ संशोधनसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिन पुगेका प्रधानमन्त्री केपी ओलीलाई सांसद प्रसाईंले राजनीतिक नियुक्तिका कारण अख्तियारमाथिको जनविश्वास घटेको बताएकी हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया