कांग्रेसको वित्तीय संस्था समन्वय विभागको प्रमुखमा बुढा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढा वित्तीय संस्था समन्वय विभागको प्रमुखमा मनोनयन भएका छन् ।
सोमबार सभापति शेरबहादुर देउवाले बुढालाई विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय सदस्य बुढालाई मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेता बुढा डोल्पा जिल्लाका निवासी हुन् । उनले डोल्पामा कांग्रेसको संगठनलाई निकै मजबुद बनाएका छन् ।
Published : Monday, 2024 August 5, 7:07 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया