ओलीद्वारा एमालेका नेताहरुलाई गुटबन्दी नगर्न चेतावनी
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।
राजधानीमा आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको बताए । उनले अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।
‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो’, ओलीले भने, ‘या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो ।’ अध्यक्ष ओलीले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’
कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै ओलीले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् । तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीले बताएका छन् ।
ओलीले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिए ।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन ओलीले निर्देशन दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया