कांग्रेस नेता घिमिरेद्वारा विद्यार्थीलाई निःशुल्क एसईई ग्रेड वृद्धि कक्षामा सहयोग

घोराही । नेपाल विद्यार्थी संघ (नेविसंघ) दाङले ७५ जना विद्यार्थीलाई निःशुल्क एसईई ग्रेड वृद्धि तयारी कक्षा समापन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार दाङमा स्व.ऋृषिराम घिमिरे–यवादेवी घिमिरे फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क एसईई ग्रेड वृद्धि तयारी कक्षा समापन भएको हो ।
फाउण्डेशनका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरेले विद्यार्थीलाई शुभकामना दिएका छन् । उनले सफलताका लागि विदाइसहित शुभकामना दिएका हुन् ।
कार्यक्रममा नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेल, नेपाली कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदी, नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी, महेन्द्र वहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज डिसी, सहभागी विद्यार्थी रोल्पाका चित्रकला पुन लगायतकाले भनाइ राखेका थिए ।
कार्यक्रमको सहजीकरण नेविसंघका जिल्ला सदस्य गुरुप्रसाद गौतमले गरेका थिए । विद्यार्थीलाई टीका र खादा लगाएर बिदाइ गरिएको थियो ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया