तरुण दलको विधान संशोधन मस्यौदा समितिद्वारा कर्णाली र कोशीसँग छलफल

काठमाडौं । नेपाल तरुण दलको विधान संशोधन मस्यौदा समितिले तयार बनाएको प्रस्तावित विधानमा सुझाव र राय लिएको छ ।

शनिबार ललितपुरमा तरुण दलका अध्यक्ष विद्वान गुरुङ र समितिका सदस्यहरुले कर्णाली प्रदेश र कोशी प्रदेशका तरुण दलका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् ।

कार्यक्रम विधान संशोधन मस्यौदा समितिको संयोजक धनराज तुम्वाफोको सभापतित्वमा कार्यक्रम भएको थियो ।

विधान संशोधन मस्यौदा समितिको सदस्यहरुले विधानको दफाहरुबारे जानकारी गराएका थिए ।

कार्यक्रममा कर्णाली र कोशी प्रदेशको नेपाल तरुण दल जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्यहरुले राय र सुझाव दिएका छन् ।

अध्यक्ष गुरुङले विधान मस्यौदामा आएका राय र सुझावहरुलाई आगामी तरुण दल केन्द्रीय समितिमा लैजाने कुरा बताउँदै सम्पूर्ण तरुणहरुलाई धन्यवाद दिएका छन् ।

Published : Saturday, 2024 August 3, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया