कांग्रेस सांसद गुरुङको समन्वयमा बेशिसहर-चामे सडक झण्डै १ महिनापछि खुल्यो

चामे । वर्षाका कारण बाढीले क्षति गरेको २ वटा पुलको मर्मत सम्भारपछि मनाङ जिल्ला प्रवेश गर्ने बेशिसहर–चामे सडक सुचारु भएको छ ।

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको विशेष पहल र समन्वयमा सोमबारदेखि बेशिसहर–चामे सडक सुचारु भएको हो । गुरुङले सडक सुचारु गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

चामे गाउँपालिका वडा नं. १ तिमाङ झरनामा अस्थाई फलामे पुल निमार्ण सम्पन्न भएसँगै यातायातका साधन सञ्चालनमा आएका हुन् ।

तिमाङ झरनाको पुल र र्स्याक्यु खोलाको पुल बाढीले बगाएको थियो । दुई वटा पुल बगाएपछि करीव १ महिनादेखि बेशिसहर–चामे सडक अवरुद्ध भएको थियो ।

सवरी आवागमन अबरुद्ध भएपछि मनाङमा खाद्यान्न लगायतको समस्या हुन हुने सम्भावना देखिएपछि सांसद गुरुङले स्थलगत अनुगमनसँगै सडक खुलाउन पहल गरेका थिए ।

Published : Tuesday, 2024 July 30, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया