योजना आयोगको उपाध्यक्ष र सदस्यहरू नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रा.डा. अधिकारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
प्रा.डा.अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका प्रा.डा.अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् ।
आयोगको सदस्यहरूमा डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई पनि नियुक्त गरिएको छ ।
Published : Thursday, 2024 July 25, 11:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया