मुस्ताङमा माटोको ढिस्कोमा पुरिएर दाङ र सर्लाहीका २ जनाको मृत्यु
जोमसोम । माटोको ढिस्कोमा मुरिएर मुस्ताङमा दाङ र सर्लाही जिल्ला घर भएका दुई जनाको मृत्यु भएको छ ।
घरपझोङ गाउँपालिका–५ धुम्बा तालस्थित निर्माणाधीन कुछप तेरङ्गा गुम्बाको ढल व्यवस्थापनको लागि नाली बनाउन ट्रयाक खन्ने क्रममा माथिबाट सुख्खा माटोको ढिस्कोले पुरिएर २ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएर सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय कान्छा भन्ने होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ गोबरडिया बस्ने ३० वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको छ ।
माटोको ढिस्कोमा ३ जना कामदार पुरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया