पोखरामा स्कुटरको डिक्कीभित्र पैसा, दुई जना पक्राउ
पोखरा । स्रोत नखुलेको नगदसहित जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५ सय रूपियाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेमबहादुर परियार र माछापुच्छ्रे गाउँपालिका–६ धिताल बस्ने ४० वर्षीय मनबहादुर तामाङ रहेका छन् ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१६ प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र राखेको उक्त नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
Published : Saturday, 2024 July 20, 6:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया