प्रधानमन्त्री ओलीलाई सफल बनाउन बज्राचार्य, रिमाल, खतिवडा र बडाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । रिमाल र खतिवडाले मन्त्री वा सोसरह सुविधा पाउने छन् ।
प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका रिमाल एमालेका उपमहासचिव हुन् । रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार भइसकेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका खतिवडा अर्थतन्त्रको क्षेत्रमा राम्रो दख्खल राख्छन् । ओलीलाई सफल बनाउन रिमाल र खतिवडाको राम्रो भूमिका रहँदै आएको छ । प्रधानमन्त्री ओलीले रिमाल र खतिवडालाई निकै विश्वास गर्छन् ।
ओलीले प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नियुक्त गरेका छन् । बज्राचार्य लामो समयदेखि ओलीसँग रहेर स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन् ।
यसअघि, प्रधानमन्त्री ओलीले बुधबार महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन् । ओली अघिल्लो पटक प्रधानमन्त्री रहेका बेला बडाल महान्यायाधिवक्ता रहेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया