ट्रम्पको चुनावी कार्यक्रममा गोली चल्यो, ट्रम्पको कानबाट रगत बग्यो

न्यूयोर्क । अमेरिकाको आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा अन्धाधुन्ध प्रहार भएको छ ।

शनिबार पेन्सिलभानियाको बट्लरमा चुनावी सभामा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर एकजना गम्भीर घाइते भएको रोयटर्सले जनाएको छ ।

पूर्वराष्ट्रपति समेत रहेका रिपब्लिकनबाट आगामी राष्ट्रपति चुनावका उम्मेदवार ट्रम्पको कानमा गोली लागेको छ । ट्रम्पले सम्बोधन गरिरहँदा अन्धाधुन्द गोली चलेको थियो ।

भिडिओमा ट्रम्प भाषण गरिरहँदा गोली चलेको देखिएको छ । गोली चल्नेबित्तिकै ट्रम्प र उनका दायावायाँ रहेकाहरू घुँडा टेकेर पोडियमपछाडि बसेका थिए ।

सुरक्षाकर्मीहरूले घेरा हालेर सुरक्षित तुल्याएपछि पोडियमको पछाडिबाट उठेका ट्रम्पको दायाँ कानबाट रगत बगिरहेको भिडिओमा देखिएको छ ।

गोली चलाउने संदिग्ध व्यक्तिलाई त्यहाँ उपस्थित रहेका सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ । संदिग्धका बारेमा तत्काल केही खुलेको छैन ।

Published : Sunday, 2024 July 14, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया