रवि लामिछानेले सम्हालेको गृह मन्त्रालयका कर्मचारी पक्राउ
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सम्हालेको गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री लामिछाने र गृहसचिव एकनारायण अर्यालको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको आरोप छ ।
अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जनाएको छ ।
गृहमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको भन्दै गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए ।
विष्टलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयमा विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया