जोमसोम बजारको होटल शर्मिलामा प्रहरी छापा

जोमसोम । मुस्ताङ जिल्लामा ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

मंगलबार घरपझोङ गाउँपालिकाको ४ जोमसोममा जुवातास खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोमसोम बजारमा रहेको होटल शर्मिलामा जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ । होटल सञ्चालकसहित ८ जना जुवाडे जुवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक विशाल अधिकारीको कमाण्डमा खटिएको टोलीले होटल शर्मिलामा छापा मारेको थियो ।

प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जुवातास खेलिरहेको अवस्थामा फेला पारी ८ जना व्यक्तिसहित १ लाख ९९ हजार नगद रकम बरामद गरेको बताएका छन् ।

प्रहरीले एअरपोर्ट बस्ने लालबहादुर गुरुङ, घरपझोङ–३ एअरपोर्ट बस्ने मिङमार गुरुङ, जलजला गापा–१ पर्वत बस्ने ताराबहादुर गर्जुवा, घरपझोङ–५ बस्ने श्याम गुरुङ, घरपझोङ–४ जोमसोम बस्ने टीकबहादुर श्रीस (होटल सञ्चालक), सिद्धलेंक गापा–५ धादिङका वीरबहादुर घले, घरपझोङ–५ ठिनीका वीरेन्द्र थकाली र घरपझोङ–५ ढुम्बा बस्ने प्रेमबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

Published : Wednesday, 2024 July 10, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया