एमालेको नाम नलिएर मेटमणि चौधरीले भने- हिलाे छ्याप्ने दलको रूप जाली रूमालबाट देखिया
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वमन्त्री मेटमणि चौधरीले एमालेका नेताहरूले दिएका पछिल्ला अभिव्यक्तिहरूको कटु आलोचना गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत नेता चौधरीले एमाले र त्यसका नेताहरूबाट विगतमा भएका संविधान विपरित र असंसदीय क्रियाकलापहरूलाई स्मरण गराइदिएका छन् । उनले एमालेको जालीरुमाल अनुहार प्रष्ट देखिएको टिप्पणी गरेका छन् ।
नेता चौधरील भने, ‘सदनको पटक पटक हत्या गर्दा पनि न्यायपालिकाले संवैधानिक भनेर उल्ट्याइदिँदा संसदीय व्यवस्थामा असंसदीय कार्य गर्ने राजनैतिक दलको पसल सुक्ने मात्रै नभएर पोका पुन्तरा बोकेर उठिबास होला जस्तो देखिन्छ ।’
‘वामपन्थीको नारा लगाएर अरू वामपन्थी दलहरूमाथि हिलो छ्याप्ने दलको रूप जालीरूमालबाट प्रष्ट देखियो ।’
‘अब न कुनै छोप्ने ठाउँ छ, न त कुनै ढाक्ने बस्त्र !’, नेकपा (एकीकृत समाजवादी)कानेता चौधरीले भनेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (एकीकृत समाजवादी)का नेताहरूप्रति लक्षित गरेर अन्टसन्त अभिव्यक्ति दिएपछि नेता चौधरीले त्यसको जवाफ दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया