पहिरे र भण्डारे खोलाको पुल निर्माण छिटो होस्, तस्बिर राखेर रिप लेख्न थाले : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पहिरे खोलाको पुल, भण्डारे खोलाको पुल र हिलाम्मे बाटोहरू निर्माणका लागि माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले टेण्ड खुलेर पनि रद्द भएको पहिरे खोलाको पुललाई लिएर तस्बिर राखेर सामाजिक सञ्जालमा रिप लेख्नेसम्मको कार्य भएको बताए । उनले छिटोभन्दा छिटो पहिरे खोलामा पुलको टेण्डर निकालेर काम गर्न माग गरे ।
उनले भने, ‘ओखलढुङ्गाको पहिरे खोलामा बिगत २ वर्षदेखि हामीले पुल निर्माण गर्न भनेर प्रदेशलाई टेण्डर गर्ने अधिकार दियौँ । टेण्डर भयो, पछि रद्द भयो ।’
‘मान्छेहरूले पहिरे खोलामा पुल नभएर आवतजावतको समस्या परेको छ’, उनले भने, ‘हाम्रो फोटो राखेर रिपसम्म लेख्ने काम भएको छ । यथाशीघ्र टेण्डर गरेर पहिरे खोलामा पुल निर्माण गरियोस् ।’
‘भण्डारे खोलामा पुल यसचोटी निर्माण गरियोस् । अहिले जिल्लाका बाटाहरू, सडक रोपाइ गर्ने खेत जस्तो भएका छन् बाउसे जस्तो । त्यहाँ छिटोभन्दा छिटो मान्छे हिँड्ने बाटो निर्माण गरियोस्’, सांसद खतिवडाले भने ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया