रामहरि खतिवडाले भने- यो मन्त्री बस्ने सिट भएकोले होला माइक ठीक नपारेको
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले देशभरि पहिरोले बाटो छेके जसरी सरकारले सबै प्रक्रिया अबरुद्ध गरेको भन्दै सरकारलाई पन्छाउन जरुरी रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उल्लेख नगरेर नयाँ सरकार बनाउन बाटो नछेक्न आग्रह गरे ।
उनले भने, ‘यो मन्त्री बस्ने सिट भएकोले होला यो ठीक नपारेको सभामुख महोदय । भरखरै देशव्यापी रुपमा आएको बाढी, पहिरोले सडक अबरुद्ध त गरेकै सदन पनि सरकारले पहिरो जस्तै गरेर अबरुद्ध गरिदियो ।’
कांग्रेसका सांसद खतिवडाले बाल्ने क्रममा माइकले काम नगरेपछि व्याङ्ग्य गर्दै सरकारका मन्त्रीहरूको जस्तै माइक पनि रहेको टिप्पणी गरेका हुन् ।
‘यसलाई छिटोभन्दा छिटो पन्छाउने काम देशव्यापरी रुपमा बाढीबाट, पहिरो पन्छाउने काम यथाशीघ्र गरे जस्तै सदनबाट सरकारलाई पन्छाउन काम गर्नुप¥यो । नभए बाटो छेके जस्तो भएको छ’, खतिवडाले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया