काठमाडौंका यी स्थानहरूमा बाढी प्रवेश गरेपछि सवारी आवागमन नै अबरुद्ध

काठमाडौं । निरन्तरको वर्षातका कारण काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभावित भएको छ ।

बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको महानगरीय ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ ।

कुपण्डोल पुलमुनिको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमा आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।

शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र च्यासल क्षेत्रमा रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएको छ । पानी सडकमा आएपछि सवारी आवात जावतमा आशिंक प्रभाव परेको छ ।

धापाखेलस्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने संभावना रहेकाले संयमित भएर सीमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Published : Saturday, 2024 July 6, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया