काठमाडौं प्रहरी टेकुबाट भद्रकालीमा गयो, आइतबारदेखि उतैबाट सेवा दिने

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको कामकारबाही भद्रकालीस्थित नयाँ भवनबाट हुने भएको छ ।

काठमाडौं प्रहरीले असार २३ गतेदेखि भद्रकालीस्थित नयाँ भवनको कार्यालयबाट गर्ने सूचनामा उल्लेख छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्प पश्चात टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा स्थानान्तरण भएको थियो ।

सो स्थानबाट कार्यालयको दैनिक काम कार्य गर्दै आइरहेकोमा भद्रकालीस्थित रहेको जग्गामा भवन पूर्ण रुपमा निर्माण भइसकेको छ ।

उक्त नव निर्मित भवनमा असार २२ गते शनिबारका दिन स्थानान्तरण हुने सूचनामा उल्लेख छ ।

असार २३ गते आइतबारदेखि सोही नयाँ भवनबाट सम्पूर्ण सेवा प्रवाह गरिने शुक्रबार जारी सूचनामा उल्लेख छ ।

Published : Friday, 2024 July 5, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया