काठमाडौं प्रहरी टेकुबाट भद्रकालीमा गयो, आइतबारदेखि उतैबाट सेवा दिने
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको कामकारबाही भद्रकालीस्थित नयाँ भवनबाट हुने भएको छ ।
काठमाडौं प्रहरीले असार २३ गतेदेखि भद्रकालीस्थित नयाँ भवनको कार्यालयबाट गर्ने सूचनामा उल्लेख छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्प पश्चात टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा स्थानान्तरण भएको थियो ।
सो स्थानबाट कार्यालयको दैनिक काम कार्य गर्दै आइरहेकोमा भद्रकालीस्थित रहेको जग्गामा भवन पूर्ण रुपमा निर्माण भइसकेको छ ।
उक्त नव निर्मित भवनमा असार २२ गते शनिबारका दिन स्थानान्तरण हुने सूचनामा उल्लेख छ ।
असार २३ गते आइतबारदेखि सोही नयाँ भवनबाट सम्पूर्ण सेवा प्रवाह गरिने शुक्रबार जारी सूचनामा उल्लेख छ ।
Published : Friday, 2024 July 5, 6:55 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया