राष्ट्रपतिका छोरा चिन्तनबारे आएका समाचारप्रति शीतलनिवासद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिरन्जीवी पौडेलका विषयमा आएका समाचारप्रति राष्ट्रपतिको स्वकीय सचिवालयले दुःख व्यक्त गरेको छ ।

बिहीबार राष्ट्रपतिको स्वकीय सचिवालयबाट प्रेस नोट जारी गरेर राष्ट्रपतिको युरोप भ्रमणका विषयमा छोरालाई जोडेर आएको समाचारको भ्रममा नपर्न आग्रह गरेको हो ।

राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलले युरोप भ्रमणका क्रममा खर्च व्यहोरेको प्रेस नोटमा उल्लेख छ ।

‘उक्त भ्रमणको खर्च आफै व्यहोर्ने गरी नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार सदस्य रहनुभएका सम्माननीय राष्ट्रपतिज्यूका सुपुत्रलाई जोडेर भ्रमणप्रति नै नकारात्मक असर पु¥याउने दुराशयले एक सञ्चारमाध्यममा अनर्गल समाचार आएकोप्रति दुःख व्यक्त गर्दै त्यस्तो समाचारको भ्रममा नपर्न आग्रह गर्दछौं’, प्रेस नोटमा भनिएको छ ।

राष्ट्रपति पौडेलले जेठ २९ देखि असार ५ गतेसम्म युरोपको भ्रमण सम्पन्न गरेका थिए । भ्रमणका क्रममा राष्ट्रपतिका छोरा चिन्तन पौडेल जर्मनीको जंगलमा नग्न अवस्थामा भेटिएको भनेर समाचार आएपछि स्कीय सचिवालयले खण्डन गरेको छ ।

Published : Thursday, 2024 July 4, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया