कांग्रेसको भ्रातृ संस्थाहरूले अधिवेशन २०८१ चैत मसान्तसम्म अनिवार्य गर्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसले २०८१ सालको चैत मसान्तभित्र अधिवेशन गर्ने गरेर भ्रातृ संस्थाहरूको म्याद थप गरेको छ ।
बुधबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरूको अधिवेशन २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश, संघका तदर्थ कार्यसमितिहरूको समयावधी लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई कार्यसम्पादन समितिको बैठक पारित गरेको छ ।
‘महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश, संघका तदर्थ कार्यसमितिहरूको समयावधी लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया