सहकारी ठगका आरोपी लामिछानेको रास्वपा बैठकमा जात्रा, मुखमा कालोपट्टी बाँधेर बसे ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा.मुकुल ढकालले मुखमा कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका छन् ।
बुधबार बिहान काठमाडौंको बालाजुको चःमतिमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा महामन्त्री डा. मुकुल ढकाल आफूले बोल्दा स्पष्टीकरण सोधिएको र केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्नुपर्ने माग सुनुवाइ नभएको विरोधमा मुखमा कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् ।
सभापति एवम् गृहमन्त्री रवि लामिछानेको दाहिनेतर्फ डा.ढकाल बसेका छन् । डा.ढकालको दाहिनेतर्फ शिक्षामन्त्री समेत रहेकी केन्द्रीय सदस्य सुमना श्रेष्ठ बसेकी छिन् । सभापति लामिछानेको देब्रेतर्फ उपसभापति समेत रहेका श्रममन्त्री डोलप्रसाद अर्याल छन् । अर्यालको देब्रेतर्फ स्वर्णिम वाग्ले बसेका छन् ।

बैठकमा महमन्त्री डा.ढकालको प्रतिवेदनका साथै समसामयिक राजनीतिमाथि छलफल हुनेछ । महामन्त्री डा.ढकालले पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।
सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग खेप्दै आएका सभापति लामिछानेले पार्टीभित्र निरंकुशता कसरी लगाएका रहेछन् भन्ने कुरा महामन्त्री डा.ढकालको असन्तुष्टिले देखाएको छ ।
महामन्त्री डा.ढकाललाई पार्टीलाई बलियो बनाउने कसरी सकिन्छ भनेर दिएको अभिव्यक्तिविरुद्ध लामिछानेले स्पष्टीकरण सोधेर आफ्नो निरंकुश चरित्र देखाएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया