एआइजी जोशी सेवानिवृत्त, नक्सालमा बिदाइ
काठमाडौं । सेवानिवृत्त हुन लागेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमेशराज जोशीको बदाइ भएको छ ।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले विदाइ गरेका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामनासहित बिदाइ गरेका छन् ।
सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकास हुन लागेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया