लामिछानेको मापसेवाला फण्डा निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भीक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको छ ।
गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध रिट दायर गरेका थिए । लामिछानेले ऐन र कानून विपरित जरिवाना समेत लिएर ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा पहेलो ज्याकेट लगाइदिएर स्वयंसेवकमा खटाउन गरेका थिए । गृहमन्त्री लामिछानेको ऐन विपरितको कार्यको विरोध भइरहेको थियो ।
जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लंघन र मादक पदार्थ सेवन (मापसे) गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई फेसबुकबाट निर्देशन दिएका थिए ।
लामिछानेको सो कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।
रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया