सशस्त्र प्रहरीद्वारा नेपाल-भारत नाकाबाट एक करोड बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सुनसरी जिल्लामा स्रोत नखुलेको रकम १ करोड १ लाख रुपियाँ बरामद गरेको छ ।
शनिबार राति हरिनगर गाउँपालिका वडा नं. ५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ ।
रकमसँगै कार र चालक हरिनगर गाँउपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।
सशस्त्र पहरीले बरामद गरेको रकम हुन्डी कारोबारको हुन सक्ने प्रारम्भीक आशंका रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया