राप्ती गाउँपालिकामा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन
मसुरिया । दाङमा नेपाल तरुण दल राप्ती गाउँपालिकाको नयाँ कार्य समिति गठन भएको छ ।
बिहीबार मसुरियाको घण्टदेव सामुदायिक वनको कार्यालय परिसरमा भएको भेलाले मोहन श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेतले बताए ।
अध्यक्ष श्रेष्ठले कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रुपमा बनाएका छन् । सचिव पद रिक्त रहेको छ । अध्यक्ष श्रेष्ठले आन्तरिक परामर्श गरेर सचिव मनोनीत गर्नेछन् ।
तरुण भेलामा तरुण दलका केन्द्रीय सदस्य बस्नेतका साथै नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेता दुर्योधन पाण्डे, सीताराम गिरी लगायतको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2024 May 30, 9:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया