सहकारी काण्डमा लामिछाने पिँजडामा परिसके, दोषी भए कारबाही : कांग्रेस सहमहामन्त्री उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानको घेरामा आइसकेको बताएकी छिन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यायले सहकारीको करोडौं रकम अपचलन प्रकरणमा लामिछानेलाई दोषी पाइए कारबाही हुने बताइन् । गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम लगेको पुष्टि भएमा लामिछाने जोगिन सम्भावना नरहेको उनले बताएकी छिन् ।
‘कांग्रेसले घुँडा टेकेको छैन । रवि पिँजडामा परिसकेका छन्’, सहमहामन्त्री उपाध्यायले भनिन्, ‘रवि जोडिएको सहकारी र गोरखा मिडिया नेटवर्क प्रालि अनुसन्धानको घेरामा तानिएको छ ।’
उनले भनिन्, ‘गलत गरेको भए जोगिँदैनन् । संसदीय छानविन समितिले सत्यतथ्य कुरा छानविन गरेर बाहिर ल्याउँछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया