रुकुम पश्चिमकी जुमनाको काइकेमा मृत्यु
आठबिसकोट । रूकुम पश्चिम जिल्लाकी २२ वर्षीया युवती जमुना विष्टको डोल्पामा मृत्यु भएको छ ।
सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला जमुनाको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले बताएका छन् ।
यार्चागुम्बु संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ गोतामकोट विष्ट गाउँकी जमुनाको मृत्यु भएको आफन्तले जनाएका छन् । जुमना लेक लागेर बिरामी भएपछि मृत्यु भएको वडाध्यक्ष विष्टले बताए ।
यार्चागुम्बु टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गर्दा बाटोमै जमुनाको मृत्यु भएको अध्यक्ष विष्टको भनाइ छ ।
मृतक जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिनेछ । त्यसपछि जमुनाको शवलाई गोतामकोट ल्याउने तयारी आफन्तले गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया