पत्रकार महासंघको सदस्यता सूची प्रेस युनियनद्वारा अस्वीकार

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियनका महासचिव दिलिप पौडेलले सोमबार विज्ञप्ति जारी गरेर महासंघको विधानअनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गरिएको जनाएका छन् ।
उनले विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गरेको जनाएका छन् ।
‘सक्रिय पत्रकारहरूलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
‘महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो’, महासचिव पौडेलले भने ।
‘विधान, विधि, प्रक्रियाअनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघनै हुनेछ’, महासचिव पौडेलले भने ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया