पत्रकार महासंघका शाखाहरूले पठाएको सदस्यता सूचीलाई बेवास्ता नगर्न प्रेस युनियनको चेतावनी
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य गरेको भन्दै स्वीकार्य हुन नसक्ने जनाएको छ ।
युनियनका महासचिव दिलिप पौडेलले आइतबार विज्ञप्ति जारी गरेर नेपाल पत्रकार महासंघको सदस्यता विधि, विधान, प्रक्रिया मिचेर वितरण गर्न लागिएको भन्दै महासंघ केन्द्रीय समितिभित्रबाटै केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘सक्रिय पत्रकारलाई बाहिर राखेर विधान विपरीत सदस्यता वितरण गर्न लागिएको भन्दै महासंघका शाखाहरू, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूमा असन्तुष्टि हुनु र तालाबन्दीको अवस्था सिर्जना हुनुलाई नजर अन्दाज गर्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ ।
‘सदस्यता वितरणमा देखिएको त्रुटिले नै यो अवस्था सिर्जना भएको हो भन्ने युनियनको बुझाइ छ’, विज्ञप्तिमा भनिएको छ ।
‘महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनको पूर्ण साथ सहयोग रहेको छ’, महासचिव पौडेलले भने ।
‘सदस्यता वितरणमा महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य युनियनलाई स्वीकार्य हुन सक्दैन’, युनियनले भनेका छ ।
‘पत्रकार महासंघका शाखा, प्रदेश समिति र केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक मत बनाएर शाखाहरूका सिफारिसलाई आत्मसाथ गदै महासंघको विधान अनुसार संगठन समिति, शुद्धीकरण समिति र केन्द्रीय समितिमार्फत महासंघको सदस्यता विवाद निरुपण होस् भन्ने युनियन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘एकताबद्ध भएर अघि बढ्दा पत्रकार महासंघको वृहत्तर हित हुन्छ भन्नेमा युनियनको दृढ विश्वास छ’, विज्ञप्तिमा भनिएको छ, ‘सदस्यता वितरण पारदर्शी रूपमा विधि, प्रक्रिया, विधान अनुसार टुंंग्याएर तोकिएकै मितिमा नेपाल पत्रकार महासंघको निर्वाचन गर्न समेत प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया