सहकारी गठविरुद्धको कांग्रेसको खुला सभामा तरुण दलको विशेष उपस्थिति

काठमाडौं । सहकारीपीडितलाई न्याय र ठगलाई कारबाहीको माग नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको सहकारी ठगीविरुद्ध खुला सभामा नेपाल तरुण दलले आफ्नो विशेष उपस्थिति जनाएको छ ।

कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा सहकारी ठगीविरुद्ध खुला सभा गरेको हो ।

तरुण दलले शान्तिबाटिका, रत्नपार्कबाट विशेष प्रदर्शन गरेको छ । शान्तिबाटिकाबाट सुरु भएको तरुणहरूको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै खुला सभास्थल प्रदर्शनीमार्गमा आइपुगेको थियो ।

र्‍यालीको नेतृत्व तरुण दलका अध्यक्ष विद्वान गुरुङ आफैले गरेका थिए । गुरुङसँग पूर्वअध्यक्ष उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 May 26, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया