जेठ १३ को विरोध सभाबारे बागमती कांग्रेसको पूर्व तयारी बैठक, सहभागिताका लागि अपील

काठमाडौं । नेपाली कांग्रेस बागमतीले जेठ १३ गते हुन लागेको कांग्रेसको विरोध सभामा सहभागिता जनाउन अपील गरेको छ ।

शुक्रबार ललितपुरमा बसेको बागमती कांग्रेसको कार्यसमिति बैठकमा कांग्रेसले काठमाडौंको भृकुटीमण्डपभित्र जेठ १३ गते १ बजे गर्न लागेको विरोध सभामा सहभागी भइ अधिनायकवादी सरकारलाई खबरदारी गर्न आग्रह गरिएको सभापति ईन्द्रबहादुर बानियाँले बताए ।

सभापति बानियाँले भने, ‘सहकारी ठगीमाथि संरक्षण गर्ने काम र संसदमा मर्यादित ढंगले संसदलाई प्रतिपक्षले गरेको भूमिकामा प्रतिपक्षलाई प्रभोग गरेर सत्तापक्षको नेताले प्रतिपक्षको ठाउँमा आएर जुन ढंगको व्यवहार देखाउनुभयो एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्रीले संसदमा बसेर धम्कीपूर्ण अभिव्यक्ति दिनुभयो यो संसदीय चरित्र र संसदीय अभ्यासको बर्खिलापमा छ ।’

‘सहकारी ठगी गर्नेहरूलाई जसरी संरक्षण गर्ने काम भइरहेको छ’, उनले भने, ‘सत्ता टिकाउनको लागि जसरी सदनमा बेथिति गरियो त्यसको खिलापमा यो किसिमको गतिविधि नगर्नको लागि नेपाली कांग्रेसले उपत्यकामा रहेका ३ वटै जिल्लाका सभापति लगायत पार्टीको सांगठनिक संरचना र आम नेपाली लोकतन्त्र र संघीय गणतन्त्र स्थापित गर्न हजारौं शहीद भएका ती परिवारहरूलाई सम्झिदै कांग्रेसले सभा गर्दै छ ।’

सभापति बानियाँले भने, ‘यो सभाको लागि हामी आमनागरिकलाई आह्वान गर्छौं ।’ ‘नेपाली कांग्रेस कुनै पनि किसिमको बेथितिमा आफ्ना कुनै पनि मान्छे छन् भने त्यसको सजाय भोग्न कांग्रेस तयार छ’, उनले भने, ‘बिगतको इतिहाँसमा पनि आफ्नै सरकार हुँदा, आफ्नै पूर्वमन्त्रीलाई समात्दा पनि कांग्रेसले कुनै किसिमको दवाव सिर्जना गरेन ।’

उनले भने, ‘अहिले मन्त्री भइरहेकालाई सहकारीको विषयमा व्यापक रुपमा आइरहेको जुनकिसिमको विभिन्न प्रमाणसहित आएको कुरामा जबरजस्ती गरेकोमा नेपाली कांग्रेस बागमती प्रदेश घोर निन्दा गर्दछ ।’

‘उपत्यकाभित्र रहेका सबै सभापति लगायत सबैलाई व्यापक रुपमा नेपाली जनतालाई जागृत गर्दै सभा गर्ने र त्यो सभामा यी कुराहरूलाई स्पष्ट पार्ने नेपाली नेपाली कांग्रेसले प्रदर्शनीमार्ग भृकुटीमण्डपभित्र जेठ १३ गते १ बजेको लागि सूसुचित गर्दै यो विषयलाई लिएर कांग्रेस अगाडि बढ्छ’, बागमती कांग्रेसको निर्णयबारे सभापति बानियाँले भने ।

‘कुनै पनि मान्छेले सम्पूर्ण सहकारीमा राखेको बचतलाई जो कोही होस् जुनसुकै पार्टीमा आस्था राख्ने होस् कसैले पनि यो किसिमको ठगी गरेको छभने त्यसलाई कानूनी दायरमा ल्याउने र कानूनभित्र रहेर गृह प्रशासन चलाएकोले अहिले संसदीय छानविन समिति बनाउनेतिर नलागेर जबरजस्ती गरेको छ, यो तत्काल संसदीय समिति बनाउनतिर प्रधानमन्त्री लाग्नको लागि र सरकारमा रहेको ठूलो पार्टी भएको एमालेलाई र एमालेका अध्यक्ष केपी ओलीलाई हाम्रो आग्रह छ’, उनले भने ।

‘यो व्यवस्था यदि कतै कतैबाट खतरा छभने केपी ओली, प्रधानमन्त्री दाहाल र अहिलेको गृहमन्त्री रवि लामिछानेबाटै यो व्यवस्थामा खतरा छ’, बानियाँले भने, ‘यो व्यवस्थालाई कमजोर बनाउने खेलमा उहाँहरू लाग्नुभएको छ । त्यता नलाग्नलाई खबरदारी सभा गर्दै छौँ ।’

बैठकमा बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामा, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेका सभापतिहरू, कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 May 24, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया