लुम्बिनी बुद्धको जन्मस्थल मात्रै होइन, शान्तिको प्रतीक पनि हो : उपाध्यक्ष डा.लामा
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले लुम्बिनी बुद्धको जन्मस्थिल मात्रै नभइ शान्तिको प्रतीक पनि रहेको बताएका छन् ।
बुधबार साँझ लुम्बिनीमा भारतीय राजदूतावासले बुद्धजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.लामाले लुम्बिनीलाई विश्वले हेरिरहेको बताए ।
उनले भने, ‘लुम्बिनी बुद्धको जन्मस्थल मात्रै होइन । शान्तिको स्थापनाको प्रतीक हो । लुम्बिनीले दिने सन्देश यो संसारमा सद्भाव, शान्ति, सुखीको मिलाप हो ।’
‘लुम्बिनीमा प्रधानमन्त्रीका उपस्थितिले समग्र बुद्धिस्ट, समाजसेवी, विद्वान, समाजसेवी, शान्ति प्रेमी सबैले यसलाई शान्तिको सन्देश दिन सफल हुनुभएको छ’, डा.लामाले भने ।
उनले भने, ‘यो पवित्र भूमि बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वले हेरिरहेको छ । लुम्बिनीमा सबै ठाउँबाट पाहुनाहरू आउनुभएको छ ।’
उपाध्यक्ष डा.लामाले आइबीसीको अहिले सबैभन्दा ठूलो टेम्पल लुम्बिनीमा स्थापना हुन गइरहेको बताएका छन् । जुन टेम्पल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उनले बताए ।
‘अहिले सम्पन्न हुन गइरहेको छ । नेपाल र भारतको सम्बन्ध रोटी, बेटीको विषय मात्रै होइन’, उनले भने, ‘जुनदिन गौतम बुद्ध यो स्थानमा जन्मिनुभयो त्यसपछि भारतमा बुद्धको ब्रतबन्धन भयो । भारतमा ८४ हजार सन्देश भारतमा दिनुभयो ।’
उनले भने, ‘बुद्धको कालदेखि अहिलेसम्म भारत र नेपालको सम्बन्ध सामान्य हिसाबले हामीले हेर्नु हुँदैन ।’
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, संस्कृति, पर्यटन तथा संस्कृतिमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया