गगन युवाहरूको आईकन हो, आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो : रामकुमारी झाक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ एवम् पूर्वमन्त्री रामकुमारी झाक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध गृहमन्त्री रवि लामिछानेले लगाएको आक्षेपको विरोध गरेकी छिन् ।
सोमबार सामाजिक सञ्जालमार्फत नेतृ झाक्रीले गगनलाई युवाहरूको राजनीतिक आईकन रहेको बताएकी छिन् । उनले गगनलाई गृहमन्त्री लामिछानेले लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएकी छिन् ।
उनले भनेकी छिन्, ‘गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आईकन हो ।’
नेतृ झाक्रीले भनिन्, ‘आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो । गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस !’
सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसका महामन्त्री थापालाई विदेशीलाई सूचना बिक्री गरेको आरोप लगाएका थिए । त्यो आरोपको बिरोध भइरहेका बेला नेतृ झाक्रीले खुलेर विरोध जनाएकी छिन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया