एयर ईण्डियाको जहाजकाे ईञ्जिनमा आगो लागेपछि अवतरण
नयाँ दिल्ली । भारतको बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको जहाजको ईञ्जिनमा आगलागी भएको छ ।
जहाजलाई शनिबार राति आपत्कालीन अवतरण गराइएको छ । विमानको दाहिने ईञ्जिनबाट धुवाँ निस्किएको देखेपछि विमानलाई आपत्कालीन अवतरण गरिएको थियो ।
आइएएक्स ११३२ जहाज १७७ जना यात्रु र ६ जना चालक दलका सदस्यसहित शनिबार राति ११ः१२ बजे केम्पेगौडा विमानस्थलमा अवतरण भएको थियो । जहाज अवतरण गरेको केही मिनेटमै आगो निभाइएको थियो ।
जहाजमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न चालक दलका सदस्यहरू सफल भएका छन् ।
आइतबार बिहानको उडानमा १२२ यात्रुलाई कम्पनी कोची पठाइएको छ । बाँकी यात्रुहरूलाई अन्य उडानबाट पठाइएको छ । एजेन्सी
Published : Sunday, 2024 May 19, 8:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया