गिरिबन्धु टि–स्टेट जमीन घोटालापछि तनाबमा परेका ओली संसदमा आएनन्

काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसदको बैठकमा अनुपस्थित भएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पेस गरेका छन् ।

अध्यक्ष ओली संसदको बैठकमा किन आएनन् एमाले र उनको सचिवालयले केही भनेको छैन । तर, ओली राष्ट्रपति पौडेल सहभागी भएको कार्यक्रममा जान रुचाउँदैनन् । ओलीमा रहेको अहँकार र घमण्डले गर्दा बेलाबेला यस्ता महत्वपूर्ण कार्यक्रममा औकात देखाउने गरेको आरोप छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अबरुद्ध गरेपछि ओली रिसाएका छन् ।

सर्वोच्च अदालतले गिरिबन्धु टि स्टेटको ३४३ बिघा जमीन सट्टाभर्ना गर्न दिने निर्णय खारेज गरेपछि तनाबमा परेका ओली संसदको बैठकमा आएनन् । ओलीलाई मन्त्रिपरिषदबाट नीतिगत भ्रष्टाचार गरेको भनेर आरोप लागेको छ ।

Published : Tuesday, 2024 May 14, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया