सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेभन्दा नैतिकवान देखिए नेपाल
काठमाडौं । चिरञ्जीवी नेपालले राष्ट्रपतिको आर्थिक विज्ञ पदबाट राजीनामा दिएका छन् ।
आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर नेपालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको जनाएको छ । सरकारले नेपालको चुच्चे नक्सा १ सयको नोटमा राख्न राष्ट्र बैंकलाई अनुमति दिएको थियो ।
नेपालले पूर्व गभर्नरको हैसियतले प्रतिक्रिया दिँदै सरकारको त्यो निर्णय अनुचित भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिएका थिए । त्यसपछि नेपाललाई विवादित बनाएर आलोचना गरिएको थियो । नेपालले उच्च नैतिकता देखाएर राष्ट्रपतिको अर्थ विज्ञ पदबाट राजीनामा दिएका छन् ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको करोडौं रकम अपचलन र ठगको आरोप लागेका बेला नेपालले पदबाट राजीनामा दिएर नैतिकता देखाएका छन् ।
लामिछाने भने आफूविरुद्धका प्रमाणहरू नष्ट गर्दै, राज्यका निकायलाई दुरुपयोग गरेर आफू निर्दोष रहेको तथा आफ्ना विरोधीहरूको तल्लोस्तरमा उत्रिएर आलोचना गरिरहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया