तरुण दलको भवन बनाउन अध्यक्ष गुरुङलाई ३ केन्द्रीय सदस्यद्वारा ६ लाख प्रदान
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई तीन जना केन्द्रीय सदस्यहरूले जनही दुई/दुई लाखका दरले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि सहयोग प्रदान गरेका छन् ।
शुक्रबार अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्यहरू मीनबहादुर शाही, जनक तिमिल्सिना र प्रेम मुकारुङ राईले आर्थिक सहयोग प्रदान गरेका हुन् । अध्यक्ष गुरुङले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।
नेपाल तरुण दलको केन्द्रीय कार्यालयको भवन निर्माणका लागि हालसम्म ६८ लाख ७८ हजार १ सय २ रुपियाँ संकलन भइसकेको छ ।
Published : Friday, 2024 May 10, 7:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया