लामिछानेको सहकारी काण्डमा कांग्रेसको अडान यथावत, अधिवेशन चलाउने गरेर आउन सरकारलाई सुझाव
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम ठगी भएको विषयमा संसदीय छानविन समिति गठन गर्नै पर्ने बताएका छन् ।
बुधबार बुढानिलकण्ठमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले बजेट अधिवेशनमा सरकार संसद चलाउने गरेर आउँछ वा के गर्छ उसैमा भर पर्ने बताए ।
उनले भने, ‘संसदीय छानविन समितिको सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नै पर्छ । र, अबको अधिवेशन चलाउने गरेर सरकार आउँछ या आउँदैन ? त्यो सरकारको हातमा छ ।’
‘लाखौँ लाख जनता ठगिएको प्रकरण हो यो । २/४ जना ठगिएको विषय होइन’, उपसभापति गुरुङले भने, ‘संसदीय छानविन समिति गठन गर्नुपर्छ भन्ने कुरामा हाम्रो अडान यथावत छ ।’
सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गरिरहेका बेला उपसभापति गुरुङले मागबाट पछाडि नहटेको बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया