ओली-लामिछानेलाई लक्षित गरेर खतिवडाले भने, ‘खबरदार कोही मेरोबारे बोल्ला ‘बा’ साथमा छन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले म नै शासक हुँ, मेरो साथमा ‘बा’ छन् भन्ने प्रवृत्तिको विरोध गरेका छन् ।

मंगलबार ट्वीट गर्दै खतिवडाले मेरोबारेमा छानविन हुँदैन भन्ने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् । उनले कसैलाई ‘बा’ले साथ दियो भन्दैमा राज्य र संविधानभन्दा माथि कोही पनि नहुने बताए ।

खतिवडाले भने, ‘देशमा शासक कस्ता हुने भए ? म सबैलाई छानबिन गर्छु तर, मेरो बारेमा बोल्ने को हो ? मेरो छानबिन हुनुहुन्न ?’

‘म राज्य हुँ, शासक हुँ, भोटले जितेको हुँ, खबरदार कोही मेरोबारे बोल्ला ‘बा’ साथमा छन्’, सभापति खतिवडाले भने, ‘यो ओ प्रवृत्तिले राज्य कति चलाउने ? हामीले कति ठीक भन्ने ?’

सहकारीको रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ ।

सहकारीको छानविनको कुरा उठाउँदा लामिछानेले म सर्वेसर्वा हुँ, मेरो साथमा ‘बा’ छन् भन्दै एमालेका अध्यक्ष केपी ओलीको धम्की दिन थालेपछि खतिवडाले सुध्रिन र सच्चिन सुझाव दिएका छन् ।

Published : Wednesday, 2024 May 8, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया