हाइलेबलको भ्रष्टाचारी ठहर, पूर्वप्रवन्ध निर्देशकले खाए २३ करोड

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद फैसला भएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २३ करोड २७ लाख रुपियाँभन्दा बढी जरिवाना सुनाएको शाखा अधिकृत सागर भण्डारीले बताएका छन् ।

विशेष अदालतले पौडेललाई भुक्तानी प्रणाली (पेमेन्ट गेटवे)मा दोषी ठहर भएका हुन् । पौडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ बिगो र त्यति नै जरिवाना हुने फैसलासमेत सुनाएको छ ।

पौडेलमाथि वैशाख ९ गते दायर गरिएको अर्को मुद्दा पनि विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो ।

पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।

Published : Wednesday, 2024 May 8, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया