हाइलेबलको भ्रष्टाचारी ठहर, पूर्वप्रवन्ध निर्देशकले खाए २३ करोड
काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद फैसला भएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २३ करोड २७ लाख रुपियाँभन्दा बढी जरिवाना सुनाएको शाखा अधिकृत सागर भण्डारीले बताएका छन् ।
विशेष अदालतले पौडेललाई भुक्तानी प्रणाली (पेमेन्ट गेटवे)मा दोषी ठहर भएका हुन् । पौडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ बिगो र त्यति नै जरिवाना हुने फैसलासमेत सुनाएको छ ।
पौडेलमाथि वैशाख ९ गते दायर गरिएको अर्को मुद्दा पनि विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो ।
पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया