अदालतले पत्रकारलाई मुद्दा चलाउने र समाचार हटाउन आदेश दिनु संविधान विपरत : अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्र रक्षाको लागि निरन्तर सक्रिय रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा लम्सालले अदालतको पछिल्लो आदेशले नेपाली प्रेस जगतलाई झस्काइदिएको बताए ।

अध्यक्ष लम्सालले समाचार लेख्ने पत्रकारलाई फौजदारी मुद्दा चलाउने र समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरत भएको बताए ।

प्रेस काउन्सिल नेपालले समेत संविधान बमोजिम प्रेस स्वतन्त्रता स्थापित गर्न असफल भएको लम्सालले बताए ।

Published : Tuesday, 2024 May 7, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया