उपेन्द्र यादवलाई बर्खास्त गरेर अशोक राईलाई उपप्रधानमन्त्री बनाउन प्रचण्डलाई ओलीको दवाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई सरकारमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

मंगलबार पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा माओवादी नेता पौडेलले उपेन्द्र यादवलाई बर्खास्थ गरेर अशोक राईलाई सरकारमा ल्याउनेबारेमा छलफलपछि निर्णय हुने बताए ।

उनले भने, ‘मन्त्रिपरिषद पुनर्गठनको बारेमा छलफल हुँदैछ । पक्कै पनि उहाँहरूको दल फुटिसकेपछि केहीन केही सरकारको अहिलेको आमूल रुपमै प्रधानमन्त्रीसहितको फेरबदल छैन ।’

‘तर, क्याबिनेटमा थपघट हुन सक्ने कुरा अनुमान गर्न सकिन्छ’, पौडेलले भने, ‘छिटै योबारेमा उहाँहरूको दुइटा पक्षहरूको धारणा पनि सार्वजनिक हुँदै जान्छ ।’ माओवादीका नेता पौडेलले भने, ‘भेटघाटपछि मात्रै योबारेमा टुङ्गो लाग्छ ।’

उपेन्द्र यादवलाई बर्खास्त गरेर अशोक राईलाई उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री बनाउन केपी ओलीले प्रधानमनत्रीलाई दवाव दिइसक्नुभएको छ हो भन्ने जिज्ञासामा उनले भने, ‘कुरा चल्दैछ योबारेमा निर्णय भइसकेको छैन । कुरा चल्दैछ । छिटै एउटा निकास निस्किन्छ । दल विभाजन भइसकेपछिको व्यवस्थापन र सरकारमा उहाँहरूको उपस्थितिको बारेमा दुबै पक्षसँग छलफल गरेर निकास निस्कन्छ । उपेन्द्र यादवसित पनि कुरा हुन्छ ।’

उपेन्द्र यादवले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा पुगेर भेट गरेका छन् । भेटमा के कुरा भएको हो ? केही भनिएको छैन ।

Published : Tuesday, 2024 May 7, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया