ग्वार्कोमा जलेर घाइते भएका प्रिया र एलिसा गिरीको निधन

जावलाखेल । ललितपुरको ग्वार्कोमा भएको आगलागीबाट घाइते भएका दुई बालिकाको उपचारका क्रममा निधन भएको छ ।

टहरामा लागेको आगोले ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरी जलेर घाइते भएका थिए । उपचारको क्रममा उनीहरूको निधन भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख (एसएसपी) शेखर खनालले बताएका छन् ।

आगलागीबाट एकै परिवारका ५ जना घाइते भएका थिए । आगलागीबाट ३५ वर्षीय सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षीया रुपा गिरी गम्भीर घाइते भएका छन् ।

उनीहरूको किस्ट अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । अर्का घाइते १५ वर्षीय नित गिरीको अवस्था सामान्य रहेको छ ।

Published : Monday, 2024 May 6, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया