प्रधान सेनापति शर्माद्वारा प्राड सहायक रथी दाहाललाई पदस्थापना

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्राड उपरथी दर्जामा पदोन्नति भएका सेना प्राड विवाकका प्राड सहायक रथी जीवनप्रसाद दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सोमबार जंङ्गी अड्डा भद्रकालीमा आयोजित विशेष कार्यक्रममा शर्माले दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । प्राड उपरथी दाहाललाई सोही विवाकको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१ वैशाख २० गतेको निर्णयानुसार दाहाल प्राड उपरथी दर्जामा पदोन्नति भएका थिए ।

Published : Monday, 2024 May 6, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया