गृहमन्त्री लामिछानेको आदेशमा आइजीपीद्वारा समय नपुग्दै २ एसपीको काज सरुवा
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको आदेशमा नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले सिरहा र इलामका प्रहरी प्रमुख (एसपी)हरूको काज सरुवा गरेका छन् ।
समय अवधि नसकिदै आइजीपी कुँवरले जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख (एसपी) वासुदेव खतिवडाको प्रहरी तालिम केन्द्र महाराजगञ्जमा काज सरुवा गरेका छन् । इलाममा एसपी प्रभु ढकालको काज सरुवा भएको छ ।
आइजीपी कुँवरले जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख (एसपी) सन्तोष आचार्यको पनि काज सरुवा गरेका छन् ।
एसपी आचार्यलाई काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा काज सुरुवा भएको छ । सिरहामा एसपी रमेश पण्डितलाई काज सरुवा गरिएको छ । फागुन १ गते सिराहामा एसपी आचार्यको सरुवा भएको थियो ।
इलाम र सिरहाका एसपीहरूको समय नसकिँदै सरुवा गर्नुको कारण खुलाइएको छैन । समय नसकिँदै प्रहरी कर्मचारीहरूको सरुवा हुँदा कारण खुलाउनुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ ।
यसअघि चैत २३ गते समय नपुग्दै ७ जिल्लाका एसपीहरू हटाइएका थिए । केही डीएसपी र ईन्स्पेक्टरहरूको पनि समय नपुग्दै आइजीपीले सरुवाको तयारी गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया