राजश्व अनुसन्धान विभागको महानिर्देशकमा बुढा, ढुङ्गानालाई महावाणिज्य दूत बनाउने

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढाको सरुवा गरेको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढालाई विभागको महानिर्देशक बनाएका हुन् । बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए ।

यसअघिका राजश्वका महानिर्देशक नवराज ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ ।

सरकारले ढुङ्गानालाई महावाणिज्यदूत बनाएर कोलकत्ता पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालयनिकट स्रोतले जनाएको छ ।

Published : Sunday, 2024 May 5, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया