‘प्रचण्ड’ नेतृत्वको सरकार चाँडै ढल्छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार चाँडै ढल्ने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अस्थिरता र अविश्वासको जगमा अहिलेको यो सरकारको आयु चाँडै टुंगिने बताए ।

‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ’, उनले भने ।

‘यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु’, डा.महतले भने ।

अहिले लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

डा.महतले भने, ‘सत्तामा देखिएको अस्थितरता, छिटोछिटो सरकार परिवर्तन हुने प्रवृत्तिलाई देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गर्ने कोसिस भइरहेको छ । यद्यपि, त्यो सफल हुँदैन ।’

‘नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्योलग्रस्त भएको होइन’, उनले भने, ‘कांग्रेसको कारणले अस्थिरता आएको होइन ।’

उनले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताए ।

डा. महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको बताए । उनले अहिलेको अस्थिरता लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए ।

प्रवक्ता डा.महतले भने, ‘नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । कांग्रेसको कारणले अस्थिरता आएको होइन ।’

‘जसले अस्थिरता निरन्तर रूपमा निम्ताइरहेका छन्, त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ’, प्रवक्ता डा.महतले भने, ‘नेपालको विकासको लागि घातक छ ।’

डा.महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निस्तेज बनाउनुपर्ने बताएका छन् ।

अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुंगिने डा. महतले बताएका छन् ।

‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ’, उनले भने, ‘यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ ।’

‘चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित, कुराले होइन कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

डा.महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने बताए ।

Published : Saturday, 2024 May 4, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया