सहकारी ठगीमा मुछिएका गृहमन्त्रीद्वारा कान्तिपुरका मालिकलाई फसाउने योजना काम नलाग्ने

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका मालिक कैलास सिरोहियाले आफ्नो नागरिकताबारे आएका प्रश्नहरूमा तथ्य प्रमाणसहित जवाफ दिएका छन् ।

शुक्रबार प्रेस नोट जारी गरेर सिरोहियाले नाबालिगसहित परिवारका सदस्यका बारेमा २०३३/२०३४ सालमा राज्यले संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको बताएका छन् । उनले २०५७ सालमा नागरिकताको प्रतिलिपि लिएको बताएका छन् ।

उनले भने, ‘राज्यको अभिलेखबाटै यी सबै विषय स्वभाविकरुपमा पुष्टि हुन्छन् ।’ सिरोहियाले आफ्नो पहिलो नागरिकता पनि सार्वजनिक गरेका छन् ।

अध्यक्ष सिरोहियाले भने, ‘राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रुपमा प्रतिशोध र रिसईबी लिएर मेरो नागरिकताको विषयमा प्रश्न उठाएकामा सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि मेरो नागरिकताको प्रतिलिपि यहाँ राखेको छु ।’

सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेका विषयमा सत्य तथ्य समाचारलाई कान्तिपर दैनिकले निरन्तर छाप्न थालेको थियो । त्यसपछि लामिछानेकै हर्कतमा दोहोरो नागरिकता लिएको भनेर अफवाह फैलाउने गतिविधि भएपछि सिरोहियाले स्पष्ट पारेका छन् ।

कुनै बेला कान्तिपुर दैनिकले गलहत्याएर निकालेका केही पूर्वकर्मचारीले समेत कान्तिपुर मिडिया ग्रुपका मालिक सिरोहियालाई नागरिकता र अन्य विभिन्न विषयमा खुइल्याउने गतिविधि गरेका छन् ।

गृहमन्त्री लामिछाने नै दोहोरो नागरिकता र राहदानी लिएको काण्डमा परिसकेका छन् । लामिछानेले सहकारीको करोडौं रकम अपलचन र ठगी गरेको भनेर नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ ।

Published : Friday, 2024 May 3, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया