चम्पादेवीका तत्कालीन प्रशासकीय अधिकृतसहित धेरैविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहितका धेरै व्यक्तिहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

बिभिन्न आयोजनाहरूमा व्यापक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दाहाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ र तत्कालीन सव–इन्जिनियर लोकबहादुर ठकुराठीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

आ.व. २०७४/०७५ मा संचालित वीपी चोक, मिश्रभञ्ज्याङ्ग, जौखोरिया, सिलुङ्ग, चिलाउने र फतानेवारी सडक खण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाई एवं कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु.९,४४,१९५.२५ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) को देहाय (ङ) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजहरू भीमप्रसाद दाहाल, नवीन श्रेष्ठ र लोकबहादुर ठकुराठीलाई रु.९,४४,१९५.२५ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) बमोजिम कैद र जरिवाना गरी बिगोसमेत असुल उपरको माग गरिएको छ ।

निजहरूले भए गरेको कुरा लुकाई/छिपाई नभए नगरेको कुरा देखाई गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन दिने कार्यसमेत गरेको पुष्टि हुन आएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५० को दफा १९ को उपदफा (द्द) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (द्द) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीले सडक खण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको मूल्याङ्कन गराई वास्तविक रुपमा भएको कार्यभन्दा बढीको भुक्तानी माग गरी रु.९,४४,१९५.२५ बढी भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

निजहरू लोकबहादुर थापा, पदमबहादुर कटवाल र मिठुमाया गुरुङ खत्रीलाई रु.९,४४,१९५.२५ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ ।

चम्पादेवी गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर खत्रीले सडक खण्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस पत्र दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ड को उपदफा (घ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज कृष्णबहादुर खत्रीलाई सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 May 2, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया